images
images
  • उपसभामुखमा श्रम संस्कृतिकी रूवी ठाकुरको पक्षमा मतदान गर्ने रास्वपाको निर्णय

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

    उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूवी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा छन् ।

    ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

    प्रतिनिधिसभामा रास्वपाको समर्थन निर्णायक हुने भएकाले ठाकुरको सम्भावना बलियो बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images