images
images
  • चुनावमा घात गरेको आरोपमा एमाले महासचिवले वडाध्यक्षलाई गरे पार्टीबाट निष्कासन

    काठमाडौं– नेकपा (एमाले) दाङले घोराही–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

    चैत २३ गते बसेको जिल्ला कमिटी बैठकले महासचिव शंकर पोखरेलविरुद्ध गतिविधि गरेको आरोपमा कारबाही गरेको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।

    घिमिरे पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा सक्रिय रहेका थिए र सामाजिक सञ्जालमार्फत एमाले परित्यागको घोषणा पनि गरेका थिए ।

    उनी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

    एमालेले उनलाई वडाध्यक्ष पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिस गरेको छ ।

    यसअघि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीले कारबाही गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images