काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले मन्त्रालयमा भेटघाटसम्बन्धी सूचनालाई लिएर फैलिएको भ्रमप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले स्वार्थ समूहहरूले आफूलाई प्रलोभनमा पार्न नसकेपछि विवाद सिर्जना गर्न खोजेको आरोप लगाए ।
उनले भेटघाटका लागि अनलाइन प्रणाली लागू गर्नु केवल प्रविधिमैत्री बनाउने उद्देश्य भएको स्पष्ट पार्दै अन्य माध्यमबाट भेट्न रोक नभएको बताए ।
मन्त्रालय सधैँ सर्वसाधारणका लागि खुला रहने उनको भनाइ छ ।
मन्त्री पौडेलले आवश्यक परे जुनसुकै समयमा भेटघाट गर्न सकिने र गुनासो तथा सुझाव दिन सहज वातावरण रहेको उल्लेख गर्दै आफ्नो मोबाइल नम्बर समेत सार्वजनिक गरेका छन् ।
साथै, अनावश्यक रूपमा केवल औपचारिक भेटघाटका लागि मन्त्रालय नआउन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















