images
images
  • बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

    काठमाडौं– नेपाल मेडिकल काउन्सिलले बक्यौता रकम नबुझाउने मेडिकल तथा डेन्टल कलेजहरूलाई २१ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

    काउन्सिलका निमित्त रजिष्ट्रार डा.दिपेन्द्र पाण्डेका अनुसार स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना गर्दा बुझाउनुपर्ने शुल्क पटक–पटक ताकेता गर्दा पनि नबुझाइएपछि यस्तो कदम चालिएको हो ।

    यस सम्बन्धमा काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।

    अन्यथा, सम्बन्धित कलेजहरूमा विद्यार्थीहरूको परीक्षण दर्ता तथा विदेशी नागरिक चिकित्सक–शिक्षकहरूको दर्ता प्रक्रिया रोक्का गरिने चेतावनी दिइएको छ ।

    निर्धारित अवधिभित्र पनि रकम नबुझाएमा बक्यौता नतिर्ने कलेज तथा प्रतिष्ठानहरूको विवरण सार्वजनिक गरिने काउन्सिलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images