images
images
  • इरान–अमेरिका वार्ता इस्लामाबादमा, को–को हुँदैछन् सहभागी ?

    काठमाडौं– अमेरिका र इरानबीच शनिबार पाकिस्तानको इस्लामाबादमा वार्ता हुने भएको छ ।

    दुवै देशका उच्चस्तरीय टोली शुक्रबार नै त्यहाँ पुग्ने बताइएको छ ।

    बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव कायम छ ।

    अमेरिकाले इरानले हर्मुज जलमार्ग खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेको दाबी गरेको छ भने इरानले त्यसलाई अस्वीकार गरेको छ ।

    वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् भने इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले इरानी पक्षको नेतृत्व गर्ने अपेक्षा छ ।

    वार्ताको मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र र हर्मुज जलमार्ग रहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images