images
images
  • रास्वपाले संसदीय दलको बैठक बोलायो किन ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने उक्त बैठकमा उपसभामुख निर्वाचनबारे मुख्य रूपमा छलफल गरिनेछ ।

    आजै हुने उपसभामुख निर्वाचनका लागि रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् ।

    बैठकमा उपसभामुख निर्वाचनका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images