images
images
  • गगनविरुद्ध देउवाले दायर गरेको मुद्दामा सुनुवाइ हुँदै सर्वोच्चमा

    काठमाडौं– पार्टीको आधिकारिकता विवाद समाधान नभएसम्म १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरिएको छ ।

    देउवा पक्षधर समूहले यसअघि दायर मुद्दामै पूरक निवेदन दिँदै महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गरेको हो ।

    उक्त निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।

    निवेदनमा गगन–विश्व समूहले विशेष महाधिवेशनबाट गठन गरेको कार्यसमितिलाई मान्यता दिन नहुने र निर्वाचन आयोगको निर्णयविरुद्ध आफूहरू अदालत गएको उल्लेख छ ।

    साथै, मुद्दा विचाराधीन रहेकै अवस्थामा एकतर्फी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनु अनुचित हुने जिकिर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images