images
images
  • वनमा डढेलो लगाएको भिडिओ सार्वजनिक, एक जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौं- सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालय नुवाकोटले एक जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

    राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका-४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए।

    सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

    तामाङलाई वन ऐन, २०७६ को दफा ४९ (घ) अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images