काठमाडौं– इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पोर्चुगिज टिम स्पोर्टिङ लिस्बोनविरुद्धको पहिलो लेगमा १–० ले विजयी भएको छ ।
मंगलबार आर्सनललाई स्पोर्टिङ लिस्बोनको घरेलु मैदान स्टाडियो जोस अल्भालाडेलेमा जित दिलाउन काई हावेर्टज निर्णायक बने । हावेर्टजले दिलाएको अग्रताबाटै टोलीले जित हासिल गरेको हो ।
हावेर्टजले इन्जुरी समयमा अग्रता दिलाएका थिए । यो जितसँगै आर्सनले स्पोर्टिङ लिस्बोनविरुद्ध १–० को स्पष्ट अग्रता बनाउँदै सेमिफाइनल यात्रा बलियो बनाएको छ ।
जितपछि, आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले काई हावेर्टजको प्रशंसा गर्दै पुनः एकपटक आफ्नो क्षमता प्रस्तुत गर्न सफल भएको बताएका छन् ।
“काईले पुनः एकपटक आफ्नो क्षमता देखाएका छन् । टिममा काइको सधैँ महत्त्वपूर्ण भूमिका रहने गरेको छ । आज पनि सुरुआती समयदेखि काई गोल गर्न निकै तयार रहेको देखियो ।
मैले काईमा आफ्नो खराब प्रदर्शनलाई सुधार्ने दृढ चाहना रहेको थाहा पाएको थिए । र, उसले आज देखाएको प्रदर्शन उत्कृष्ट पनि छ,” खेलपश्चात् आयोजित पत्रकार सम्मलेनमा आर्टेटाले सञ्चारकर्मीहरूलाई भने ।


विश्व खबर 



















