images
images
  • एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

    काठमाडौं, साउन ५ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए।

    बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। सोमबारको बैठकले शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आज यस विषयमा थप छलफल हुने बताइएको छ।

    यसअघि १४औं केन्द्रीय कमिटी बैठक बस्ने बताए पनि विवाद समाधान गर्न गठन भएको कार्यदलले गरेको सहमति अनुसार एमालेले २०७५ जेठ २ को अवस्थामा रहेको कमिटीकै आधारमा यो बैठक बोलाएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images