images
images
  • ३९ वटा देशलाई नि:शुल्क पर्यटन भिसा दिने तयारी

    काठमाडौं– श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तीहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ ।

    यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।

    पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई –२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो ।

    यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरुलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरुसँगको साक्षातकारमा बताएका छनत् ।

    अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ ।

    जुन नियमहरु अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images