images
images
  • सभामुख डिपी अर्याललाई बनाउने रास्वपाको तयारी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबारदेखि प्रतिनिधि सभाको सभामुख छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक बिहीबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका छन्।

    पार्टीका एक पदाधिकारीका अनुसार सभामुखमा उपसभापति डोल प्रसाद (डीपी) अर्यालको नाम प्राथमिकतामा छ। उनी राजनीतिक अनुभव, समन्वय क्षमता र संवैधानिक प्रक्रियामा पारंगत भएकाले अर्याललाई उपयुक्त मानिएको हो। अर्यालले पहिले दुईपटक श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी सम्हालेका छन् र रवि लामिछाने जेलमा रहँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए।

    पार्टी सहमहामन्त्री विपिन कुमार आचार्यले सभामुख र उपसभामुख छनोट प्रक्रिया केही दिनभित्र अघि बढ्ने बताए। तर उपसभामुख कुन दललाई दिने भन्ने निर्णय अझै पार्टीभित्र टुङ्गो लागेको छैन। सम्भावित दलहरूमा नेपाली कांग्रेस, राप्रपा, श्रम संस्कृति र नेपाली कम्युनिस्ट पार्टी रहेका छन्। नेताहरूले उपसभामुख नेपाली कम्युनिस्ट पार्टीलाई दिने प्रस्तावमा सकारात्मक देखिएका छन्, जसले संविधान संशोधन र समन्वयमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    साथै, सभापति रवि लामिछानेले सरकारको काम प्रभावकारी बनाउन १० सदस्यीय विशेषज्ञ टोली निर्माण गर्ने गृहकार्य पनि सुरु गरेका छन्। टोलीमा एक मन्त्रीसहित चार जना सांसद र पार्टी सचिवालय तथा बाहिरका विशेषज्ञहरू समावेश हुनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images