काठमाडौं– राष्ट्रिय सभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र विभिन्न समितिका सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
सभाध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र समितिका सभापति चयनको प्रक्रिया अगाडि बढाउने सहमति जुटाएको हो।
बैठकमा नयाँ निर्वाचित सदस्यहरूको समितिमा विभाजन र अन्य महत्वपूर्ण विषयहरूमा छलफल भएको सचिवालयले जानकारी दिएको छ। यस बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम पनि सहभागी थिइन्।
प्रतिक्रिया दिनुहोस्























