images
images
  • सरुवा भएर पनि काठमाडौंमै बसेर तलब भत्ता खाने डाक्टर पुगे गाउँ–गाउँका अस्पताल

    काठमाडौं– स्वास्थ्य मन्त्रालयले काठमाडौँका काजमा कार्यरत सात विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी भएको अस्पतालमा फिर्ता पठाएको छ।

    डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी, डा. दिवस सापकोटा र डा. रन्जु पोखरेललाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता गरिएको हो।

    उनीहरू यसअघि कान्ति बाल, परोपकार प्रसूति तथा स्त्री रोग र वीर अस्पतालमा काजमा कार्यरत थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images