images
images
  • संसद् सचिवालय बैठक जारी, कुन–कुन दल छन् सहभागी ?

    काठमाडौं– संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसेको छ। महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा संसद प्रतिनिधि, सरकारका प्रतिनिधि र सचिवालयका अधिकारीहरू सहभागी थिए।

    गत २१ फागुनको निर्वाचनपश्चात् यो पहिलो औपचारिक बैठक हो। प्रतिनिधिसभाका निर्वाचित सदस्यसहित संघीय संसदको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने र राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास रहनेछ।

    प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति पार्टी र राप्रपा गरी ६ दल प्रतिनिधित्व गर्दैछन्। स्वतन्त्र सांसद महावीर पुन पनि छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेस ३८ सिट, एमाले २५ सिट, नेकपा १७ सिट, श्रमसंस्कृति पार्टी ७ सिट र राप्रपा ५ सिटसहित क्रमशः दोस्रोदेखि छैटौं दल बनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images