काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना छन्। अस्पताल स्रोतका अनुसार ओलीले आफ्नो पित्तथैलीको पत्थरी निकाल्न चाहेका छन्।
‘चिकित्सकहरूले शल्यक्रिया आवश्यक छ कि छैन भनेर छलफल गरिरहेका छन्,’ स्रोतले भने।
ओली शनिबार पक्राउ परेका थिए। उनलाई जाँचका क्रममा मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। थप परीक्षणमा पित्तथैलीमा पत्थरी भेटिएको थियो।
ओलीमाथि भदौ २३–२४ को जेनजी आन्दोलन सम्बन्धी छानबिन आयोगले कारबाही सिफारिस गरेको थियो। प्रहरीले मुलुकी अपराध संहिता २०७४, दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ, जसमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँ जरिवाना व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















