काठमाडौं– आज इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स आमनेसामने छन्। दुवै टोलीले जित निकाल्दै राम्रो सुरुआत गर्ने लक्ष्य राखेका छन्।
गत वर्ष लखनउ सातौँ स्थानमा रहँदा १४ खेलमा ६ जित र ८ हारसहित १२ अंकमा सिमित भयो। दिल्ली क्यापिटल्स पाँचौँ स्थानमा रही ७ जित र ६ हारसहित १५ अंक जोडेको थियो।
आजको खेल भारतको रत्न श्रीअटल विहारी भाजपाये क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ७स्४५ बजे हुनेछ। दुवैले आईपीएल उपाधि अझै जित्न सकेका छैनन्। दिल्लीको सन् २०२० को उपविजेताको र लखनउको २०२२–२०२३ को प्लेअफ यात्राको अनुभव उनीहरूको सबैभन्दा सफल नतिजा हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















