images
images
  • संसदीय दलको नेतामा सुहाङ नेम्वाङलको दाबी

    काठमाडौं– नेकपा (एमाले)को संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी पेश गरेका छन्।

    आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै भने, “पार्टीमा युवालाई अघि ल्याउनुपर्ने अवस्था छ, त्यसका लागि म भूमिका खेल्न सक्छु। पार्टीको सिद्धान्त र सांसदको अनुभव दुवै मसँग छ।”

    उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए। एमालेको प्रतिनिधि सभामा हाल २५ सांसद छन्।

    संसदीय दल नेतामा समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’ पनि आकांक्षी छन्। आजको बैठक उनकै संयोजनमा भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images