images
images
  • संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्दै रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा वालेन्द्र शाहलाई चयन गरी प्रधानमन्त्री बनाइसकेको छ। तर संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन अझै बाँकी छ।

    पार्टी भित्र यो प्रक्रिया पनि मन्त्री छनोट जस्तै हुने अनुमान गरिएको छ। संसदीय अनुभव भएका तर मन्त्री नबन्ने सांसदहरूलाई जिम्मेवारी दिने सम्भावना बढी छ। कतिपयले महामन्त्री कबीन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने चर्चा गरिरहेका छन्। उपनेता र सचेतक पदमा पनि सिनियर नेताहरू चयन हुने अनुमान छ। निशा डाँगी, मनिष झा, अमरेशकुमार सिंह र इन्दिरा रानलाई पनि यी भूमिका दिन सकिने चर्चा छ।

    संसदीय दलको नेतृत्व चयन गर्दा केही महिनापछि गठन हुने संसदीय समितिको सभापतिहरूमा समेत ध्यान दिने तयारी भइरहेको छ। सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलका सांसदलाई दिने प्रावधानअनुसार नेपाली कांग्रेसका सांसदले पाउने सम्भावना छ। बाँकी समितिहरूको सभापति प्रायः रास्वपाकै हुने र साना दललाई सभापति दिने सम्भावना कम रहेको चर्चा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images