images
images
  • पूर्वमाओवादी कमाण्डरको अध्यक्षतामा एमाले संसदीय दलको बैठक जारी

    काठमाडौं– नेकपा (एमाले)को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बसिरहेको छ।

    बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक नियुक्तिको निर्णय गरिने पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालले जानकारी दिए।

    उल्लेखनीय कुरा के छ भने, हालैको निर्वाचनमा पराजित भएका पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि बैठकमा सहभागी भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images