काठमाडौं– नेपालले साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल प्रवेशका लागि दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन् ।
नेपाल र बंगलादेशबीच यो प्रतियोगितामा चौथोपटक भेट हुन लागेको हो ।
अघिल्ला भेटमा नेपालले मिश्रित नतिजा निकालेको छ, सन् २०२२ मा १–० ले पराजित भएको नेपाल सन् २०२४ को फाइनलमा ४–१ ले हारेको थियो, भने समूह चरणमा २–१ को जित निकालेको थियो ।
मालेस्थित रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५स्३० बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने बंगलादेश समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















