काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा (एमाले) का २२ सांसदसहित वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।
आजै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल पक्षका एक सांसदका अनुसार डल्लुमा उनीहरूबीच आन्तरिक छलफल जारी छ । पार्टीको कारवाहीको कसरी सामना गर्ने र सरकारमा सहभागी हुनेरनहुने बारे छलफल भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















