काठमाडौं- सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका-४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























