images
images
  • देउवा समूहको कर्णाली सभापतिमा आकांक्षीको लर्को

    सुर्खेत– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहबाट कर्णाली प्रदेश सभापतिका लागि चार नेता आकांक्षी देखिएका छन् । मंसिर १३ र १४ गते हुने प्रदेश अधिवेशनमा कालीकोटका दमनबहादुर शाही, सल्यानका यज्ञराज डाँगी, मुगुका खगेन्द्र मल्ल र दैलेखका एकेन्द्र पन्तले सभापतिमा दाबी प्रस्तुत गरेका हुन् ।

    प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहे पनि आकांक्षी धेरै भएपछि सहमति जुटाउन चुनौती देखिएको छ । चारै जनालाई सहमतिमा ल्याएर साझा उम्मेदवार तय गर्न देउवा पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

    आकांक्षीमध्येका यज्ञराज डाँगी यसअघि संस्थापन समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । त्यसपछि देउवा पक्षमा खुलेका उनी अहिले प्रदेश सभापतिको दौडमा छन् ।

    अधिवेशन उद्घाटनमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ । यसैबीच, देउवा समूहको केन्द्रीय महामन्त्रीमा कर्णालीबाट भुपेन्द्रजंग शाही एकल उम्मेदवारका रूपमा अघि आएका छन् ।

    सहमहामन्त्रीमा मुगुका ऐनबहादुर शाहीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images