images
images
  • नयाँ सरकारप्रति नेपाली जनताको अपेक्षा उच्च छ : भारतीय पूर्वराजदूत पुरी

    काठमाडौं- नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरीले नेपालमा बनेको नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च रहेको बताएका छन् ।

    भारतका एनआईएसँग कुरा गर्दै उनले जनताको अपेक्षा पूरा गर्न सहकार्य र परिणाममुखी काम आवश्यक रहेको बताएका छन् ।

    नेपालमा गठन भएको नयाँ सरकारले पुस्तान्तरणको स्पष्ट संकेत दिएकाले नेपाली राजनीतिमा पुस्तागत परिवर्तन भएको पनि उनले बताए ।

    विगतमा एमाले-माओवादी गठबन्धनले ६० प्रतिशतभन्दा बढी मत ल्याएका थिए, तर हालैको निर्वाचनको परिणामले फरक सन्देश दिएको उनको भनाइ थियो ।

    उनले यस परिणामले नेपाली नेताहरूलाई जनताको चाहना बुझ्न बाध्य बनाउने पनि उनले बताए ।

    यसले नेताहरूलाई आपसमा सहकार्य गरेर जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ भन्ने सन्देश दिएको पुरीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images