काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्न राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।
उनकी श्रीमती राधिका शाक्यका तर्फबाट दायर रिटमाथि सोमबार सुनुवाइ हुनेछ ।
जेनजी आन्दोलन दमनको आरोपमा ओलीसहित पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ मा पक्राउ परेका थिए ।
एमालेले पक्राउलाई गैरकानुनी भन्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने जनाएको छ ।
ओली हाल त्रिवि शिक्षण अस्पतालमा राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























