images
images
  • एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा देखियो गम्भीर ६ समस्या : डाक्टरहरूको उच्च निगरानी, कानुनी उल्झन कायम

    नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएको छ ।

    शनिबार पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीमा मुटुको धड्कन बढ्ने, पिसाबसम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी र पित्तथैलीमा पत्थरी देखिएको अस्पतालले जनाएको छ ।

    मुटुको धड्कन बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखिएको छ भने मिर्गौला प्रत्यारोपण गरिसकेका कारण पिसाबसम्बन्धी समस्या पनि गम्भीर रूपमा हेरिएको छ ।

    यसैबीच, जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनका आधारमा पक्राउ परेका ओली अदालतमा भने अस्पतालबाटै भिडिओमार्फत उपस्थित भएका छन् ।

    oli

    प्रतिक्रिया दिनुहोस्
    images
    images