images
images
  • ट्रम्पले थप १० दिनसम्म इरानी ऊर्जा प्लान्टमा आक्रमण नगर्ने

    काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्।

    उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल ६ का लागि तोकियो।’

    ट्रम्पले आक्रमण स्थगन गरेको यो एक हप्ताभित्र दोस्रोपटक हो।

    यसअघि उनले एक हप्तासम्म आक्रमण नगर्ने भनेका थिए। जुन मिति आज ९शुक्रबार० सकिएको छ।

    ट्रम्पका अनुसार अब आगामी अप्रिल ६ राति ८ बजे (अमेरिकी समय) सम्म इरानी ऊर्जा प्लान्टमा आक्रमण गरिने छैन।

    उनले दुई देशबिच जारी वार्तालाई निरन्तरता दिन यो निर्णय गरिएको बताएका छन्।

    ट्रम्पले अमेरिका र इरानबिच वार्ता धेरै राम्रोसँग अगाडि बढिरहेको दाबी पनि गरेका छन्।

    वर्तमान अवस्थालाई ध्यानमा राख्दै यसलाई कूटनीतिक समाधानतर्फको महत्त्वपूर्ण कदम मानिएको छ।

    उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भने इरान-अमेरिका सम्झौता सम्भावनाले संकटमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images