काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ ।
एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद्ले मिति २०८२।१२।११ गते तीन महिना सम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालय मार्फत यस निर्वाचन समितिलाई मिति २०८२।१२।१२ गते प्राप्त भएकाले मिति २०८२।१२।१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















