images
images
  • एमालेको १० औं केन्द्रीय समिति बैठक जारी, १० बुँदे कार्यान्वयन शुरू

    काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
    यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

    तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन । तर नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको हो ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।
    यसअघि फागुन २८ देखि यसबीचाम एमालेका चारवटा बैठक सकिएर आजको बैठकलाई चौधौं भनिएको थियो । नेपाल पक्षले भने दशौं हुनुपर्ने भनेको थियो ।

    दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमाले स्रोतले जनाएको छ । कानूनी रुपमा पनि मिलाउन एमालेले दशौं बैठक भनेको बुझिएको छ ।

    त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images