images
images
  • बालेनको बयान– जेनजी आन्दोलनलाई मेरो समर्थन थिएन, छैन

    काठमाडौं– बालेन्द्र शाह (‘बालेन’)ले जेन–जी आन्दोलनबारे आफ्नो धारणा स्पष्ट पार्दै उक्त आन्दोलनमा आफू प्रत्यक्ष संलग्न नरहेको बताएका छन्।

    जेन–जी आन्दोलनको अध्ययन गर्न गठन गरिएको गौरी बहादुर कार्की आयोग समक्ष दिएको लिखित बयानमा बालेनले आन्दोलनसँग आफ्नो समर्थन नभएको, तर शान्तिपूर्ण र्‍यालीप्रति भने सहमति रहेको उल्लेख गरेका हुन्।

    उनका अनुसार २०८२ साल भदौ २३ र २४ गते उनी लैनचौरस्थित सरकारी निवासमै रहेका थिए। ‘२३ गते भएको शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरेको हुँ, तर आन्दोलनमा सहभागी भएको होइन,’ बयानमा भनिएको छ।

    त्यसैगरी, उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त बनाउन आफूले भूमिका खेलेको दाबी गरेका छन्। बालेनले तत्कालीन सरकारमाथि गम्भीर आरोप लगाउँदै आन्दोलनका क्रममा भएका घटनालाई ‘अपराध र आतंकवादी क्रियाकलाप’को संज्ञा दिएका छन्।

    उनले आन्दोलनका क्रममा भएको क्षतिको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यसमा सहभागी राजनीतिक दलहरूले लिनुपर्ने पनि बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images