images
images
  • आफूलाई दिइएको पत्र तयार पार्ने प्रक्रियामा मेरो कुनै संलग्नता छैन : रवि लामिछाने

    काठमाडौं– रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिने क्रममा आफूलाई दिइएको पत्र तयार पार्ने प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले जेन–जी आन्दोलनसम्बन्धी अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन आयोगसमक्ष दिएको बयानमा उक्त दाबी गरेका हुन्।

    उनले कारागार प्रशासनले औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र तयार गरिरहेको भए पनि पत्र तयार नहुँदै भीडले आफूलाई कारागार बाहिर लगेको उल्लेख गरेका छन्।

    ‘पछि कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन,’ उनले बयानमा भनेका छन्, ‘त्यसैले उक्त पत्रको विषयमा कारागार प्रशासन नै जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो।’

    यता, लामिछाने बाहिरिएको केही दिनमै नख्खु कारागारले सूचना जारी गर्दै उनलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images