काठमाडौं– भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई नख्खु कारागारका जेलर सत्यराम जोशीले दिएको बयानमा रवि लामिछाने हुलहुज्जतबीच जेल तोडेर बाहिरिएको दाबी गरिएको छ।
बयानअनुसार बाहिर भीडले आगजनी र तोडफोड गरेपछि भित्रका कैदीहरू पनि उत्तेजित भई नाराबाजीमा उत्रिएका थिए।
सोही क्रममा लामिछाने बाहिरिएको र त्यसपछि अन्य कैदीहरू पनि भाग्न थालेको उल्लेख छ।
घटनामा ६६७ कैदी फरार भएको, जसमध्ये ४०९ जना पुनः फर्किएको तथा कारागारमा ठूलो भौतिक क्षति भएको बताइएको छ।
कारागार प्रशासनले फरार सबैलाई आत्मसमर्पण गर्न आह्वान गर्दै अन्यथा पक्राउ प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो।
लामिछाने भने भदौ २८ गते पुनः नख्खु कारागार फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस्























