images
images
  • रवि र अमेरिकी दूतबीच फोनवार्ता : एमसीसी कार्यान्वयन र एसपीपी पास गर्न दबाब दिएको हो ?

    काठमाडौं– संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएको छ ।

    दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका हुन् ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनले चैत १० गते फोन गरेका थिए ।

    साथै, अमेरिकाले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी बलियो बनाउने र द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्ने इच्छा व्यक्त गरेको छ ।

    यद्यपि २०७८ फागुन १५ मा पास भएको अमेरिकी परियोजना एमसीसी संसद्बाट पास भइसकेको छ भने कार्यान्वयनको चरणमा छ ।

    त्यस्तै अर्को अमेरिकी एसपीपी पनि कार्यान्वयन गर्न नेपालमाथि अमेरिकाले दबाब बढाउँदै आएको छ ।

    तर, यसबारे उनीहरूबीच कुनै संवाद नभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images