काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। बैठक सोमबार ११ बजे बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने उनले बताए। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ।
आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ।हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।


विश्व खबर 




















