काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड(१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको स्थलगत निरीक्षण एवम् अनुगमन गर्दैछन् । प्रधानमन्त्री देउवाले आज १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्ने भएका हुन् ।
मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौंमा आजदेखि लगाइँदैछ । आजदेखि ६ गते ९बुधबार०सम्म निश्चित उमेर समूह र वर्गमा नागरिकलाई खोप दिइने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको कोभिड(१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट आजदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो । अमेरिकाबाट अघिल्लो सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।
एक डोज मात्र लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइनेछ । यस्तै पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ढुक्क भएर खोप लगाउन आग्रह
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एउटा मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोपलाई विश्व स्वास्थ्य संगठनले नै ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति दिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।


विश्व खबर 




















