images
images
  • महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

    आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

    यस्तै अर्का सांसद  सांसद उमाशंकर अरगरियाले भने- ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’  ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images