images
images
  • दशरथ रंगशाला नदिएको एन्फाको आरोप राखेपले गर्‍यो खण्डन

    काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशाला नदिएपछि नेपाल र हङकङबिचको खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को आरोपको खण्डन गरेको छ।

    एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राखेपले स्वीकृति नदिँदा १२ चैतमा तोकिएको खेल दशरथ रंगशालामा नहुने बताएको थियो।

    लगत्तै राखेपले एन्फाको आरोपको खण्डन गर्दै चैत ३ गतेको पत्र सार्वजनिक गरेको हो।

    पत्रमा राखेपले रंगशाला प्रयोग गर्न ४५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यहोरा एन्फालाइ जानकारी गराएको छ।

    राखेपले अन्य विभिन्न मापदण्ड पूरा गर्नसमेत एन्फालाई सचेत गराएको थियो।

    पछिल्लो समय एन्फा र राखेपबिच मनमुटाब बढ्दो छ। राखेपले बारम्बार एन्फालाई १३ चैतको निर्वाचन रोक्न निर्देशन दिँदै आएको छ।

    जिल्ला र प्रदेशको चुनाव गरेर मात्रै केन्द्रको चुनाव गर्न राखेपले निर्देशन दिएको छ।

    640125082 743642648695239 1580629498612444555 n2026 03 22 05 24 01

    प्रतिक्रिया दिनुहोस्
    images
    images