images
images
  • प्रधानमन्त्री सुशीला कार्कीले सरकारको नेतृत्व सम्हालेयता ११ अर्बको व्यापार घाटामा नेपाल

    काठमाडौं–  नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा ११ खर्ब नजिक पुगेको छ  ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिना (साउन–फागुन)मा व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ  ।

    यस अवधिमा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने १ खर्ब ९१ अर्ब ११ करोडको निर्यात गरेको छ  ।

    कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.०९ प्रतिशत छ  ।

    आयातमा सबैभन्दा ठूलो हिस्सा १० प्रतिशत भन्सार लाग्ने वस्तुहरूको रहेको छ, जसको हिस्सा ३०.६५ प्रतिशत छ  ।

    मध्यमस्तरका वस्तुहरूको माग अझै उच्च रहेको तथ्यांकले देखाएको छ  ।

    निर्यातमा सुधार

    भन्सार विभागका तथ्यांकअनुसार, यस वर्ष निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ  ।

    गत वर्षको पहिलो ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात भएको थियो भने यस वर्ष १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको छ  ।

    अहिले नेपालले ६ रुपैयाँ ७५ पैसाको आयात गर्दा १ रुपैयाँको निर्यात गर्न सफल भएको छ, जसले निर्यातमा सुधारको संकेत दिन्छ  ।

    सरकारले सोही अवधिमा भन्सार महसुलबाट १ खर्ब २१ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ  ।

    यद्यपि निर्यात बढे पनि १० खर्ब ९८ अर्बको व्यापार घाटा कम होइन  ।

    कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुगेको छ भने निर्यातको हिस्सा केवल १२.९१ प्रतिशतमा सीमित रहँदा नेपाल अझै पनि परनिर्भरतामै रहेको देखिन्छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images