प्रतिनिधिसभा निर्वाचनमा २५ सिटमा खुम्चिएपछि नेकपा (एमाले)भित्र संसदीय दलको नेता युवा बनाउनुपर्ने बहस सुरु भएको छ ।
प्रत्यक्ष निर्वाचित युवा सांसदहरू क्षितिज थेवे, ऐन महर र सुहाङ नेम्वाङमध्ये एकलाई नेतृत्व दिनुपर्ने आवाज उठेको छ भने समानुपातिक सांसद पद्मा अर्यालको नाम पनि चर्चामा छ ।
यता अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू पराजित भएपछि नेतृत्व चयन थप पेचिलो बनेको छ ।
ओलीले भने रामबहादुर थापा बादललाई दलको नेता बनाउन चाहेको चर्चा छ ।
यद्यपि बालेन शाह प्रधानमन्त्री बन्ने तयारीसँगै देखिएको पुस्तान्तरणको सन्दर्भमा एमालेभित्र पनि युवा नेतृत्वको माग बलियो बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्























