images
images
  • इरान–इजरायल–अमेरिका युद्धमा ५०० भन्दा बढीको मृत्यु, ८० हजार मानव वस्तीमा आक्रमण

    काठमाडौं– संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण गरेको बताइएको छ ।

    विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनमा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

    उपलब्ध विवरणअनुसार, आक्रमण गरिएका संरचनामध्ये २० हजार भन्दा बढी तेहरान मा रहेका छन् भने ६० हजार भन्दा बढी अन्य स्थानमा छन् ।

    करिब १८ हजार ७९० व्यापारिक स्थलमा आक्रमण भएको, २६६ स्वास्थ्य संस्था प्रभावित भएको र ४९८ विद्यालय निशानामा परेको जनाइएको छ ।

    आक्रमणका कारण १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएका छन् ।

    साथै, बालबालिका र २३१ महिलासहित सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

    विभिन्न सञ्चारमाध्यमका अनुसार युद्धमा कुल मृतक संख्या एक हजार ५०० भन्दा बढी पुगेको अनुमान गरिएको छ ।

    गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान लगायत इरानका विभिन्न शहरहरूमा आक्रमण सुरु गरेका थिए ।

    जसमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

    त्यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images