images
images
  • कांग्रेस शक्ति संघर्ष : गगन प्रदेशमा बलियो, केन्द्र र स्थानीयमा देउवा

    काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष पुनः सतहमा आएको छ ।

    पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनपछि उत्पन्न विवादले पार्टीभित्र दुई धार स्पष्ट देखिएका छन् ।

    विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    जसको निर्णय पर्खेर उनीहरू थप रणनीति बनाउने तयारीमा छन् ।

    हाल देउवा समूहको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन् र अदालतको आदेश नआएसम्म औपचारिक भेला स्थगित गरिएको छ ।

    यद्यपि, समूहभित्र सक्रियता नदेखिँदा दबाब बढ्दै गएको छ ।

    नेताहरूले उपस्थिति जनाउन आवश्यक भएको बताउँदै चुप बस्दा राजनीतिक प्रभाव कमजोर हुने चिन्ता व्यक्त गरेका छन् ।

    उता, पार्टीको केन्द्रीय समिति बैठक जारी रहँदा अधिकांश प्रदेश समितिका सभापति संस्थापन पक्षतिर देखिएका छन् ।

    गगन थापा नेतृत्वको पक्षमा पाँच प्रदेश सभापतिहरू उभिएको संकेत देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका सभापतिहरू देउवा निकट मानिन्छन् ।

    समग्रमा, कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन अझै तरल अवस्थामा रहँदा आगामी रणनीति अदालतको निर्णय र केन्द्रीय समितिको निष्कर्षले निर्धारण गर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images