images
images
  • बोलन–ओलीको निर्वाचन क्षेत्रमा दोहोरो झडप, ५ जना घाइते, ६ पक्राउ

    विर्तामोड– झापाको कनकाई नगरपालिका–३ स्थित हेप्पील्याण्ड सेल्फी डाँडामा दुई समूहका युवाबीच भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार बेलुका डिजेमा नाच्ने क्रममा सुरु भएको विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।

    घटनामा धारिलो हतियारसमेत प्रयोग भएको थियो ।

    घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विर्तासिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

    पक्राउ परेकाहरूलाई प्रहरीले थप कारबाहीका लागि अनारमनी पठाएको जनाएको छ ।

    बोलन–ओलीको निर्वाचन क्षेत्र हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images