images
images
  • इरानले गर्‍यो अहिलेसम्मकै भीषण मिसाइल आक्रमण, १५० घाइते, अभेद्य इजरायली आइरन डोम निष्क्रिय

    काठमाडौं– इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल आक्रमण गरेको छ ।

    मध्य इजरायल लक्षित हमलामा करिब डेढ सय जना घाइते भएका छन् भने ठूला भवन र ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताइएको छ ।

    अमेरिका र इजरायलले इरानका ऊर्जा तथा तेल संरचनामाथि आक्रमण गरेपछि तेहरानले जवाफी कारबाही सुरु गरेको हो ।

    विस्फोटका ठूलो आवाज सुनिएको र मिसाइलहरू निष्क्रिय पार्ने प्रयास भइरहेको इजरायली सेनाले जनाएको छ ।

    इरानले आफ्ना ऊर्जा र आणविक केन्द्रमा आक्रमण भए अमेरिका र उसका समर्थक देशका पूर्वाधारमा थप जवाफी हमला गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images