images
images
  • उर्जा केन्द्र नष्ट गर्ने ट्रम्पको धम्कीसँग डराएन इरान, भन्यो– ‘मध्यपूर्वका सबै देश खरानी बन्नेछन्’

    काठमाडौं– डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि इरानले कडा प्रतिक्रिया दिएको छ ।

    इरानले यदि आफ्ना ऊर्जा पूर्वाधारमा हमला भएमा मध्यपूर्वभर अमेरिकासँग जोडिएका सबै ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएको हो ।

    विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी आपूर्ति हुने होर्मुज स्ट्रेटमा इरानले गरेको अवरोधका कारण पछिल्ला हप्ताहरूमा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएको छ ।

    ट्रम्पले मार्च २४ बिहानसम्मको समयसीमा तोक्दै जलसन्धि तत्काल खोल्न आग्रह गरेका छन् भने इरानले पनि सम्भावित आक्रमणको प्रतिकार गर्न तयार रहेको संकेत दिएको छ ।

    यसबीच, क्षेत्रीय तनाव थप चर्किँदै गएको छ ।

    इरानद्वारा दक्षिणी इजरायलका डिमोना क्षेत्रमा भएको आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन् भने इजरायलले जवाफी कारबाही जारी राख्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images