images
images
  • छुनै नसकिने सुन–चाँदीको भाउ ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको भाउ एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

    जुन अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँ थियो ।

    एक सातामै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटेको छ ।

    गत आइतबार ३ लाख ९ हजार ४ सय रुपैयाँ रहेको सुन, माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि, डलरको माग बढ्नु र ब्याजदर बढ्ने दबाबका कारण सुनको मूल्यमा गिरावट आएको बताइएको छ ।

    त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

    एक सातामा चाँदी ७३० रुपैयाँले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images