काठमाडौं– नेपालले आफ्नो नक्सामा समेटेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु हुने भएको छ ।
भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार ६ वर्षपछि जुन–सेप्टेम्बर अवधिको व्यापार सत्रका लागि तयारी अघि बढाइएको हो ।
उत्तराखण्डका अधिकारी आशिष भटगाईले केन्द्र सरकारको निर्देशनअनुसार तयारी सुरु भएको बताएका छन् ।
लिपुलेक, कालापानी क्षेत्र नेपाल–भारत विवादित भू–भाग हो, जसमा नेपालले निरन्तर आफ्नो दाबी गर्दै आएको छ ।
यसअघि पनि दुवै देशबीच भएका सम्झौतामा नेपालले आपत्ति जनाएको थियो ।
भारतीय विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी गरेसँगै व्यापार पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो ।
यस सम्बन्धमा विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्रमार्फत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























