काठमाडौं– जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
बिहीबार सम्पन्न खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
२२७ रनको लक्ष्य पछ्याएको पुलिसले ६ विकेट गुमाउँदै २३० रन बनायो।
जितमा रासिद खान (८१) र कुशल भुर्तेल (५१) ले अर्धशतक बनाए, जबकि दिलसाद अली ३१ रनमा अविजित रहे।
आर्मी क्लबले दोस्रो पालीमा २२६ रन बनाएको थियो, जसमा आकाश चन्द (३७), कुशल मल्ल (३६) र साहब आलम (३३) ले योगदान दिए।
पुलिसका सागर ढकालले ४ विकेट लिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रासिद खान ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















