काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजारमा उत्साहजनक उछाल देखिएको छ।
यस दिन नेप्से परिसूचक ६४.६७ अंकले बढ्दै २८७७.०२ विन्दुमा पुगेर बन्द भएको हो।
कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकोमा आज २१ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कुल ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको र दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै १३ उपसूचक हरियाली देखिएका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १८३.६० अंकले बढेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहँदै ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता किनबेच भएको छ।
आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनका लगानीकर्ताले उच्च लाभ कमाएका छन्।


विश्व खबर 




















