images
images
  • सशस्त्र प्रहरीका डीएसपीलाई स्थानीय युवाले गोदे

    काठमाडौं– कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्ममा केही युवाले सशस्त्र प्रहरी बलका डीएसपी प्रदीप पौडेलमाथि अभद्र व्यवहार गरेका छन् ।

    बुधबार (चैत ४) तस्करी सामग्री बरामद गर्ने क्रममा तस्करीमा संलग्न युवाहरू र सुरक्षाकर्मीबीच वादविवाद भएको थियो ।

    केही युवा कार्यालयभित्र प्रवेश गरी डीएसपीमाथि हातपातमा उत्रिएका हुन् ।

    घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले छानबिन सुरु गरेको छ र गुल्मका सुरक्षाकर्मीलाई नम्बर ३४ गण कैलालीमा फिर्ता बोलाउने तयारी भइरहेको छ ।

    थप छानबिनका लागि नम्बर ४३ गण वनभेडाबाट टोली पठाइएको छ ।

    सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘हामीले घटनालाई गम्भीर रूपमा लिएका छौँ र आन्तरिक छानबिन पनि थालिसकेका छौँ । आवश्यक कदम छानबिनपछि तय गरिनेछ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images